काठमाडौँ । यदि तपाईँलाई काठमाडौँमै साहसिक यात्रा गर्न मन छ भने फुटपाथ निर्माण तथा मर्मत सम्भारको जिम्मा पाएका निकायले निराश बनाउँदैनन् । यत्रतत्र बनाइएका खाल्डो र खनेपछि माटोले मात्र पुरिएको अनि पानी पर्नासाथ चिप्लो हुने सडक क्षेत्रले पैदल यात्रुको साहसको परीक्षा लिन्छ ।
_RR1MikjkoG.jpg)
दैनिक हजारौँको सङ्ख्या मानिस आवतजावत एवं उपत्यकाका विभिन्न ठाउँ पुग्नको लागि गाडी रोकिने सुन्धारा- एनएसीको फुटपाथमा कतै बिजुलीका तारका लट्ठा राखिएका छन् त कतै बडेमानका खाल्डो । भिडभाडको समयमा यहाँबाट हिँड्नको लागि छुट्टै साहस र आत्मविश्वास चाहिन्छ ।
_FnXdvfsA7x.jpg)
अझ प्रतीक्षालय नजिकै त भत्किएको कङ्क्रिटको संरचना यत्तिकै राखिएको छ, दृष्टिविहीन र अरूको सहायतामा हिँड्न पर्ने मानिसहरूको लागि यो फुटपाथ क्षेत्र निकै खतरापूर्ण छ तर पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
_o0XiEz91bU.jpg)
धरहराबाट न्यूरोड तर्फ आउँदा काठमाडौँ मल सुरु भए लगत्तैको मोडमा तार भूमिगत गर्न ल्याइएको रोल यत्तिकै राखिएको छ । सामान्य अवस्थामा पनि मानिस आवतजावतको लागि साँघुरो हुने यो फुटपाथ क्षेत्रमा फुटपाथ स्तरोन्नतिको लागि ल्याइएका स्ल्याब यत्तिकै राखिएको छ ।
_17HHuKuKh2.jpg)
आफू हिँड्ने ठाउँ अतिक्रमण भएपछि पैदलयात्रीहरू यिनै संरचनाबाट उक्लिन पर्छ । यो कुनै साहस नभएका मानिसले गर्न सक्ने काम होइन ।
_9B1KcoYmu0.jpg)
यस प्रकारको विडम्बना पूर्ण दृश्य देशकै प्रशासनिक केन्द्र- सिंहदरबारबाट केही मिटर पर तर सडक विभागको छिमेकमै पनि देख्न सकिन्छ । बबरमहलदेखि बिजुलीबजार पुलसम्म पैदल हिँड्दा कहिले बिजुलीको पोल त कहिले चिप्लो माटो र बिजुलीका तारका रोलले साहसको परीक्षण गर्छ ।
_vjJagzKU96.jpg)
एउटाबाट बच्यो अर्कोमा फस्यो भने जस्तै यहाँ ओहोरदोहोर गर्न निकै सकस पर्छ । माइतीघरदेखि नेपाल आर्ट काउन्सिल जाँदाको बाटो पनि सकसपूर्ण छ ।
_mxJ187L9u1.jpg)
महिनौँ अगाडी भत्काइएको भए पनि यसको पुनर्निर्माण हुन अझै सकेको छैन । अझ फरक क्षमता भएका र सेतो छडीको सहायतामा हिँड्ने यात्रीका लागि यी फुटपाथ यातनाका केन्द्रको रूपमा रहेका छन् ।
_BAiIs93ty9.jpg)
_hpkGlK1tGc.jpg)
_GLKItKCHCH.jpg)
_uGXAsvMIwj.jpg)
_5urBeR72hq.jpg)
_lJWQySZN6A.jpg)
_8e2gCS8mHv.jpg)
_lzBfOvcRvr.jpg)
_EeIX2kJjvr.jpg)
_DScKQTJbab.jpg)
_P5uZ7tvURm.jpg)
_68j6oFvNAA.jpg)
_Cov3EyhGX5.jpg)
_LFSo32DPh1.jpg)
_u6VSZsX9M5.jpg)
_nfFvUNqcq0.jpg)
_QNY8UFx4Ch.jpg)
_Uefw2nHmTx.jpg)
प्रतिक्रिया