आइतबार आउँदै काठमाडौँको बजेट : पूर्वाधारमा मात्रै ५१ प्रतिशत
सारांश
- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ।
- महानगर प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको छ।
- आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार विकासमा ५१ प्रतिशत बजेट विनियोजन गरिने भएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट आइतबार आउने भएको छ । शुक्रबार बसेको कार्यपालिका बैठकमा आइतबार बजेट ल्याउने निर्णय महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले सुनाएका हुन् ।
यसको लागि महानगरको कार्यपालिका बैठक आइतबार बिहान ९ बजे बस्ने भएको छ । बजेटको मिति घोषणा अघि काठमाडौँ महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले पूर्वाधारमा बजेट थप्ने निर्णय गरेको थियो ।
बालेनको अध्यक्षतामा महानगरको कार्यालय काठमाडौँ प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड निर्धारण गरेको थियो ।
बैठकमा बालेनले नै जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।
कुन क्षेत्रमा कति बजेट ?
आगामी आर्थिक वर्षको आइतबार आउने बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण