योगेशलाई उषाको जवाफ : विषय र प्रश्नबाट भाग्न मिल्दैन
सारांश
- एमाले नेता योगेश भट्टराईको टिप्पणीमाथि केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले आपत्ति जनाइन्।
- तिम्सिनाले दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाएको र राप्रपासँगको गठबन्धनबारे प्रश्न उठाइन्।
- उनले पार्टीभित्रका निर्णय र गठबन्धनबारे समीक्षा हुनुपर्ने माग गरिन्।
काठमाडौँ । नेकपा एमालेका नेता कार्यकर्ताबिच वाकयुद्ध चल्न थालेको छ । शुक्रबार बिहान एमाले सचिव योगेश भट्टराईले शुक्रबार बिहान एमाले भित्रको किचलोलक्षित गरेको टिप्पणीमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले जवाफ फर्काएकी छन् ।
तिम्सिनाले भट्टराईको फेसबुक स्ट्याटस सेयर गर्दै तिम्सिनाले दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाएकोदेखि राप्रपासँग गरेको चुनावी गठबन्धनबारे स्मरण गराएकी छन् ।
‘विगत ११ वर्ष तपाईंले उल्लेख गरेको कुरा भएको छ दाइ कमरेड । मान्छेहरू बल्ल पेलिनुको पनि हद हुन्छ भन्दै छन्’, तिम्सिनाले भनेकी छन्, ‘तर राजनीति त विधि र बिचारमा टेकेरै हिँड्नुपर्छ । फेरि पनि सांगोपांगो हिसाब–किताब केन्द्रीय कमिटीले गरोस् ।’
उनले दुर्गा प्रसाईंले केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म, राजेन्द्र लिङदेन, कमल थापा, धवलशमशेर राणादेखि दिपक बोहरासम्मसँग गरेको चुनावी गठबन्धन र भीम रावललाई टिकट नदिने तथा पार्टी सदस्यता समेत खोस्ने हर्कतको छलफल र समीक्षा गर्नुपर्ने बताएकी छन् ।
‘खतराको घण्टी, सच्चिने वा सक्किने लगायत यक्ष विषय र प्रश्नबाट भाग्न मिल्ने ठाउँ (स्पेस) हामीसँग छैन जस्तो लाग्छ । लालसलाम’, तिम्सिनाले भनेकी छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण