बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते
सारांश
- बैतडीको पाटनमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, जसमा चालक र एक यात्रु छन्।
- दुर्घटनामा ६ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ र उनीहरूलाई डडेल्धुरा पठाइएको छ।
- धनगढीबाट गोकुलेश्वर जाँदै गरेको जिप सडकबाट ७० मिटर तल खसेको थियो, दुर्घटनाको कारण खुलेको छैन।
धनगढी । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शनिबार बिहान करिब ६ बजे सुप–प्र ०१००१ ज १३७२ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका–१ नगराउ निवासी २४ वर्षीय जिप चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरीको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी टेकबहादुर जोराले जानकारी दिए।
घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ का ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीया कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेका छन्। तीमध्ये कमला धामी र राजेन्द्र खत्रीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको डीएसपी जोराले बताए।
धनगढीबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जिप सडकबाट झन्डै ७० मिटर तल खसेको थियो। दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण