राजनीतिक दलहरू जनताभन्दा सर्वशक्तिमान् भए : महामन्त्री बुर्लाकोटी
शनिबार, २८ असार २०८२, १६ : ३२
सारांश
- कवीन्द्र बुर्लाकोटीले नागरिकले देश कस्तो बनाउने भन्ने निर्धारण गर्नुपर्ने बताए।
- उनले राजनीतिक दलहरू भन्दा नागरिक शक्तिशाली हुनुपर्ने कुरामा जोड दिए।
- बुर्लाकोटीले गणतन्त्र सकिने अवस्था नरहेको बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले देश कस्तो बनाउने भन्नेकुरा नागरिकले निर्धारण गर्न सक्नुपर्ने बताएका छन् ।
भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै बुर्लाकोटीले राजनीतिले देश चलाउने भएको कारणले देश कस्तो बनाउने भन्ने कुराको निर्धारण जनताले गर्नुपर्ने बताएका हुन् ।
महामन्त्री बुर्लाकोटीले भने, ‘तर हाम्रोमा राजनीतिक दलहरू संगठित हुने कारणले गर्दा दलहरू बढी सर्वशक्तिमान् भएको देखिन्छ । नागरिक शक्तिशाली हुनुपर्छ । लोकतन्त्रमा दलीय व्यवस्था र नागरिक शक्तिशाली हुनुपर्छ । नागरिकको सोचले दल ड्रिभन गर्नुपर्छ । ’
महामन्त्री बुर्लाकोटीले गणतन्त्र सकिने अवस्थामा नरहेको कारणले नै आफूहरू गणतन्त्रको पक्षमा आन्दोलनमा नआएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण