पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन
सारांश
- पूर्व निर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ।
- उनको निधन नर्भिक अस्पतालमा भएको हो र भोलि दाहसंस्कार गरिनेछ।
- इला शर्माले लामो समय द राइजिङ नेपालमा काम गरेकी थिइन्।
काठमाडौँ । पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । उनको शनिबार साँझ हृदयाघातका कारण निधन भएको हो ।
साँझ नर्भिक अस्पतालमा शर्माको निधन भएको पूर्वपत्रकार अमृता लम्सालले जानकारी दिएकी छन् । उनी २०६९ साल चैत ११ गतदेखि २०७५ साल चैत १० गतेसम्म निर्वाचन आयोगको आयुक्त पदको जिम्मेवारीमा रहेकी थिइन् ।
उनले लामो समयसम्म द राइजिङ नेपालमा पनि काम गरेकी थिइन् । पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर समेत रहेकी थिइन् ।
शर्मासँग त्रिभुवन विश्वविद्यालयबाट एलएलएम, सार्वजनिक अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार विषयमा एलएलएम युनिभर्सिटी अफ हल, युकेइन इन्टरनेसनल बिजनेस लबाट अन्तर्राष्ट्रिय व्यापार र विकास अध्ययन, कानुन, मिडिया, जनसम्पर्क, शिक्षा र विकास क्षेत्रसहित विभिन्न क्षेत्रमा काम गरेको ३५ वर्ष बढी अनुभव छ।
शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षता गरेकी थिइन्।
उनले काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल र ओस्लो विश्वविद्यालयको नर्वेजियन सेन्टर फर ह्युमन राइट्ससँगको सहकार्यमा नेपालको निर्वाचन आयोगले प्रदान गरेको एकेडेमिक मास्टर्स कोर्सको डिजाइन र अध्यापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा काम गरेकी थिइन्। विभिन्न आईएनजीओको अन्तर्राष्ट्रिय वकालत नेटवर्कमा संलग्न शर्माले संयुक्त राष्ट्रसङ्घमा मानव अधिकार, अन्तर्राष्ट्रिय व्यापार र विकासका मुद्दामा रणनीति र कार्ययोजनामा रहेर काम गरेको अनुभव संगालेकी थिइन् ।
उनले व्यापार, अर्थशास्त्र र वातावरण क्षेत्रमा समेत एक दशकभन्दा बढी योगदान दिएकी थिइन्। उनको दाहसंस्कार भोलि गरिने जनाइएको छ । उनका दुई छोरी रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण