निर्वाचन आयोगले पठायो रास्वपालाई पत्र (पत्रसहित)
सारांश
- निर्वाचन आयोगले रास्वपालाई पदाधिकारी हेरफेरबारे विवरण अद्यावधिक गर्न जवाफ पठाएको छ।
- रास्वपाले असार ७ गतेको बैठकबाट महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झालाई नियुक्त गरेको थियो।
- पदाधिकारी हेरफेरको निवेदनमा त्रुटि रहेको भन्दै आयोगले सच्याउन पत्राचार गरेपछि रास्वपाले फेरि निवेदन दिएको थियो।
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई पदाधिकारी हेरफेरसम्बन्धी विवरण अद्यावधिक भए/नभएको विषयमा जवाफ पठाएको छ ।
अद्यावधिकबारे रास्वपाले दिएको निवेदन उपर आयोगले आइतबार पत्रमार्फत जवाफ पठाएको हो । २०८२ असार १९ र गत वर्ष साउन १७ गते रास्वपाबाट पेस भएको कागजात उपर अध्ययन भइरहेको आयोगले पत्रमा उल्लेख गरेको छ ।
रास्वपाले असार ७ गते बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्तामा नियुक्त गरेको निर्णय गरेको थियो ।
यस्तै पदाधिकारी हेरफेरका लागि असार ९ गते आयोगमा निवेदन दिएको थियो । त्यसमा त्रुटि रहेको भन्दै आयोगले सच्याउन पत्राचार गरेपछि रास्वपाले फेरि असार १९ गते अध्यावधिकका लागि निवेदन दिएको थियो ।
पदाधिकारी हेरफेर सम्बन्धी रास्वपाले दिएको निवेदनलाई चुनौती दिँदै पूर्वमहामन्त्री डा. मुकुल ढकालले सर्वोच्चमा मुद्दा समेत दायर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण