बजेट
काठमाडौँ महानगरपालिकाको आम्दानी १० अर्ब, खर्च १३ अर्ब
आइतबार, २९ असार २०८२, १६ : १२
सारांश
- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा ५२.१३ प्रतिशत खर्च गरेको छ।
- महानगरपालिकाले असार २५ गतेसम्म १३ अर्ब ३ करोड ७४ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ।
- यस वर्ष पुँजीगततर्फ ४४.७२ प्रतिशत र चालुतर्फ ६३.४२ प्रतिशत खर्च भएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा जम्मा ५२.१३ प्रतिशत खर्च गरेको छ । महानगरपालिकाले ल्याएको २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेटमध्ये खर्च गर्न पाउने अन्तिम मिति असार २५ गतेसम्म १३ अर्ब ३ करोड ७४ लाख ६० हजार रुपैयाँ खर्च भएको हो ।
यो खर्चमध्ये पुँजीगततर्फ ६ अर्ब ७३ करोड ७४ लाख ८० हजार रुपैयाँ तथा चालुतर्फ ६ अर्ब ६२ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ । यो वर्ष महानगरपालिकाले पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ तथा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ८५ हजार रुपैयाँ बजेट छुट्टाएको छ । यो खर्च क्रमशः ४४.७२ प्रतिशत र ६३.४२ प्रतिशत बराबर हो ।
असार २७ गतेसम्म महानगरपालिकाले कुल १० अर्ब ३२ करोड ३० लाख ४९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
-
गण्डकीमा एउटै मन्त्रालयको दायित्व ७ अर्ब नाघ्यो, रुग्ण आयोजना किनारा लगाउन निर्देशन
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण