शान्तिश्री र रामजी खाँडसहितका तीन गीतविरूद्द साइबर ब्युरोमा उजुरी
आइतबार, २९ असार २०८२, १७ : ४३
सारांश
- गायिका शान्ति श्री परियार र गायक रामजी खाँडको गीतविरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ।
- राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीज गीतमा विकृति फैलाएको भन्दै उजुरी दिएको हो।
- उजुरीमा 'गाई कालो', 'सल्ला दमारमा', र 'लुकी लुकी' गीतहरु समावेश छन्।
काठमाडौँ । चर्चित गायिका शान्ति श्री परियार र गायक रामजी खाँडको गीतविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले परियार र खाँडको गीतसहित तीन वटा गीतमाथि प्रहरीमा उजुरी दिएको हो।
तीजको नाममा विकृति फैलाउने दुई वटा र एक सदाबहार गीतलाई साइबर ब्युरोमा पुगेर उजुरी दिएको संस्थाले जनाएको छ ।
उजुरी दिइएको गीतमा ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको गीत ‘गाई कालो’, राजकुमार वली, अस्मिता थापा, लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’, खाँड र शान्ति श्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’ गीतविरुद्ध संस्थाले उजुरी दिएको सचिव कमल सरगमले जानकारी दिए ।
संस्थाका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमद्वारा हस्ताक्षर भएको निवेदन ब्युरोका प्रवक्ता दीपकराज अवस्थीलाई हस्तान्तरण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण