बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
अपराध

भारतबाट चोरेर ल्याएको आशङ्कामा दुई वटा कार बरामद, दुई जना पक्राउ

आइतबार, २९ असार २०८२, २० : ३४
आइतबार, २९ असार २०८२

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा र बौद्धबाट ट्राफिक प्रहरीले चोरीको आशङ्कामा दुई वटा कार बरामद गरेको छ । भारतबाट चोरेर ल्याएको आशङ्कामा उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती कार बरामद गरेको हो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित शिवचोकबाट बा.१६ च ३१३१ नम्बरको कार र बौद्धबाट बा.१६ च ४०१७ नम्बरको कार बरामद गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गिरीले रातोपाटीलाई बताए । दुवै स्विफ्ट कार हुन् ।

कार चालक दोरम्बा गाउँपालिका वडा नम्बर–४ घर भएर जोरपाटी बस्ने ४० वर्षीय धन बहादुर तामाङ र सिन्धुली घर भएका ३९ वर्षीय मोहन लामा छन् । असार २७ मा नियन्त्रणमा लिएर उनीहरूलाई कार सहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको एसपी गिरीले बताए ।

असार २७ मा बरामद गरिएको दुवै गाडीको रेकर्ड यातायात व्यवस्था कार्यालय र आयातकर्ता कम्पनीको रेकर्डमा नभेटिएको उनले बताए । एसपी गिरीले भने,‘दुवै गाडी भारतबाट चोरी गरेर ल्याएको हाम्रो आशङ्का छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप