अन्तिम मिनेटमा गोल खाएको नेपाल बंगलादेशसँग पराजित
सारांश
- नेपाल साफ यु-२० महिला च्याम्पियनसिपमा बंगलादेशसँग ३-२ गोलले पराजित भयो।
- खेलमा २-० ले पछि परेको नेपालले २-२ को बराबरी गरेको थियो, तर अन्तिम मिनेटमा गोल खायो।
- अन्तिम समयमा गोल खाएपछि नेपालले बंगलादेशसँग हार बेहोर्नु पर्यो, जसमा दुवै टोलीका खेलाडीले रातो कार्ड पाए।
काठमाडौँ । अन्तिम मिनेटमा गोल खाएसँगै नेपाल साफ यु-२० महिला च्याम्पियनसिपमा पराजित भएको छ । आइतबार साँझ भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–२ गोलअन्तरले हार बेहोर्न बाध्य भयो ।
२–० को अवस्थाले पछि परेको स्थितिलाई नेपालले २–२ को बराबरीमा ल्याएको थियो । तर अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाल हार भोग्न बाध्य भयो । नेपालले पहिलो हाफमै २ गोल बेहोर्न पुगेको थियो । तर दोस्रो हाफमा नेपालका लागि अनिसा राई र मिना देउवाले बराबरी गोल फर्काउँदै खेल जित्ने आशा दिलाएका थिए ।
बंगलादेशले तेस्रो गोल अतिरिक्त समयमा गरेको थियो । आजको खेलमा नेपाल र बंगलादेशका दुवै खेलाडीले एकरएक वटा रातोकार्ड खाँदै मैदान छाडेका थिए ।
डबल राउन्ड रोबिनमा हुने यस च्याम्पियनसिपमा चार राष्ट्रको सहभागिता छ । नेपालले पहिलो खेलमा भुटानलाई ६–१ को विशाल गोलअन्तरले हराएको थिइो । अब नेपालले श्रीलंकासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण