नेपाल आमाको प्रश्न
शासन फेरिए तर शासन शैली उस्तै
टोपी बदलियो तर टाउको उही
सिंहदरबारमा अनुहार फेरिए पनि
जनताको आँसु सुक्ने छाँट कहिले ?
राजतन्त्र गयो भन्दै झन्डा फहरायौँ
तर रगतमा चुहिएको त्यो झन्डा
आज दलालको भित्तामा झुन्डिएको छ ।
बन्दुकले हो भनेर सुरुङ खन्याउनेहरू
आज कोठाभित्र एयरकन्डिसनमा थकाइ मार्छन्
तर मनमाया उही खेतमा, कम्मर बाँधेर
सुस्केरा फेर्छे
मजदुरका हातमा अझै ठेला छन्
र नेताहरूले ‘समानता’को भाषण
सुविधाको मञ्चमा उभिएर गर्छन् ।
कसैले पासपोर्टमा आशा बोकेर
माउको अँगालो छोड्छ
विदेशी रेमिट्यान्सले
भित्रिँदै छ टोलको छानामुनि
तर बाबुको मुख हेर्ने दिनमा
बाबुचाहिँ अस्पतालको सिँचाइ पाइपमा गलेको छ ।
विद्यालयमा पढिन्छ ‘नेपाल सुन्दर छ’
तर डेस्क पछाडि भोकले झुम्मिएका आँखा छन्
शिक्षकहरूसँग तलब छैन
र स्वास्थ्य चौकीमा औषधि छैन
फेसबुकमा राष्ट्रप्रेमी बनिन्छ
अनि देश जलिरहेको पोस्टमा
सिर्फ ‘लाइक’ थिचिन्छ ।
नेपाल आमा हेर्छिन्—
हिउँजस्तै सेताम्मे आँखाले
धेरै छोरा गुमाएकी आमा
आज पनि प्रश्न गर्छिन् —
‘मलाई यो परिवर्तन किन अनाथ लाग्छ ?’
ती पर्वतहरू भन्छन्,
‘हामीले पनि आवाज सुनेका थियौँ
तर अहिले सुनिन्छ, केवल मौनता ।’’
नेपाल आमा चुप लाग्नेछैनन्
उनका आँसु अब झर्नेछैनन्
उनका आँखा अब टल्किनेछन्
र एउटा नयाँ प्रश्न गर्नेछिन्—
‘के फेरि मेरो कोख चाहिन्छ ?’
परिवर्तनको बलिका लागि ?
कि अब तिमीहरू पनि
मेरो माटोको सुगन्ध चिन्न सिक्यौ ?
(खजुरा बाँके)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण