बेहुली भित्र्याउनासाथ साथीको लहैलहैमा बेहुलाको यस्तो हरकत, बेहुलीले बोलाइन् माइती पक्षलाई
सारांश
- भारतको रामपुरमा एक युवकले साथीहरूको सल्लाहमा श्रीमतीलाई प्रेग्नेन्सी किट दिएपछि विवाद भयो।
- बेहुलीले पतिको कार्यप्रति आपत्ति जनाउँदै माइती बोलाइन् र सम्बन्धविच्छेदको कुरा गरिन्।
- गाउँलेहरूको रोहवरमा छलफलपछि, युवकले माफी मागे र आगामी दिनमा यस्तो नगर्ने प्रतिबद्धता जनाएपछि समस्या समाधान भयो।
नयाँ दिल्ली । बिहेको समयमा बेहुला वा बेहुलीलाई आफ्ना साथी–सङ्गीले विभिन्न विषय निकालेर जिस्क्याउने वा ठट्टा गर्ने गर्दछन् ।
भारतको उत्तर प्रदेशस्थित रामपुर जिल्लाको सैदनगर निवासी एक युवकलाई साथीको लहैलहै निकै महँगो साबित भएको छ ।
गत शनिबार बिहे गरेर बेहुली भित्र्याएका ती युवक जब सुहागरात मनाउने तयारी गर्दै थिए, बेहुलीले आफूलाई रिँगटा लागेको बताइन् । बिहेको थकानले शारीरिक कमजोरीका कारण उनलाई रिँगटा लागेको थियो ।
तर आत्तिएर बेहुलाले आफ्ना साथीलाई फोन गरेर सल्लाह तथा सुझावको अपेक्षा गरे । तर, साथीहरूले ती बेहुलालाई ‘तेरी पत्नी त गर्भवती भएकी हुन सक्ने, प्रेग्नेन्सी जाँच गर्ने एउटा किट लगेर दे’ भने । ती युवकले पनि साथीहरूले भनेजस्तै प्रेग्नेन्सी जाँच गर्ने किट ल्याएर पत्नीलाई दिए ।
बेहुलाको यस्तो हरकत देखेर बेहुली चकित परिन् । त्यसपछि उनले तत्कालै माइती पक्षलाई फोन गरेर बोलाइन् । बिहेको पहिलो दिन नै पतिले आफूमाथि शङ्का गरेको जिकिर गर्दै बेहुलीले यस्तो पतिसँग आफू जीवन बिताउन नसक्ने बताइन् ।
विवाद लम्बिएर घर–परिवारबाट बाहिर पुग्यो । तत्कालै गाउँका भद्र–भलाद्मीसहितको बैठक बसेर दुवै पक्षबिच छलफल गराइयो । बेहुलीले आफू यो मान्छेसँग जीवन काट्नै सक्दिनँ भनेर अडान लिइरहिन् ।
बेहुलाले साथीको लहैलहैमा आफूले प्रेग्नेन्सी किट ल्याएर दिएको तर मामिला यसरी बढ्दा भन्ने आफूलाई नलागेको प्रस्ट पारे । उनले बेहुलीसँग माफीसमेत मागे । आगामी दिनमा यस्तो व्यवहार नगर्ने र पत्नीको चरित्रमा शङ्का नगर्ने प्रतिबद्धता बेहुलाले जनाएपछि मामिला सुल्झिएको थियो ।
भारतीय सञ्चारमाध्यमले यो घटनालाई समाचारमा स्थान दिए पनि परिवारको गोपनीयता कायम राख्दै बेहुला–बेहुलीको परिचय भने खुलाएका छैनन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण