‘अभिमन्युः च्याप्टर–१’को पोस्टर सार्वजनिक
काठमाडौँ । आगामी भदौ २७ गते रिलिजको तयारीमा रहेको फिल्म हो ‘अभिमन्युः च्याप्टर–१’ रिलिज मिति नजिकिँदै गर्दा फिल्मको पोस्टर सार्वजनिक गरिएको छ ।
सार्वजनिक पोस्टरमा कलाकार कामेश्वर चौरासियालाई देख्न सकिन्छ । पोस्टरमा उनी खुसीले कराइरहेको जस्तो देखिन्छ ।
पोस्टरले फिल्मप्रति दर्शकलाई कौतुह पैदा गराउँछ । यसको हिन्दी भर्सन भने असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुँदै छ । फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा विषय बनाएको छ ।
फिल्ममा चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलाको अभिनय छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो ।
मुकेश खनालको लेखन रहेको फिल्मका क्रिएटिभ निर्देशकमा मदन थापा छन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । फिल्मका कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण