युक्रेनतर्फ परिष्कृत हतियार पठाउँदैछन् ट्रम्प
सोमबार, ३० असार २०८२, १४ : ५९
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका विषयमा महत्त्वपूर्ण अभिव्यक्ति दिएका छन् । ट्रम्पको यस अभिव्यक्तिले उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिढिँदै गएको संकेत गरिरहेको छ ।
आइतबार राति ट्रम्पले युक्रेनतर्फ परिष्कृत सैन्य हतियार पठाउने बताएका छन् । यसमा प्याटियोअट एयर डिफेन्स मिसाइल पनि छ । युक्रेनमा युद्धविराम गर्नेतर्फ रुसले बवास्ता देखाइरहँदा ट्रम्प रिसाएका छन् । ‘पुटिनले कुरा त निकै राम्रो गर्छन् तर साँझमा उनले जताततै बम फ्याक्छन्,’ ट्रम्पले भनेका थिए ।
बिहीबार एउटा अन्तरवार्तामा ट्रम्पले आइतबार महत्त्वपूर्ण घोषणा हुन्छ भनेर भनेका थिए । सोमबार ट्रम्पले ह्वाइट हाउसमा नेटोका प्रमुख मार्क रुट र युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलोगलाई भेट्दै छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण