सरकारमाथि प्रचण्डको व्यङ्ग्य : जहाँ सरकार त्यहाँ भ्रष्ट्राचार, अब कहाँ गएर दिने होला चित्रगुप्तलाई बयान ?
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए।
- प्रचण्डले भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न सरकारले चासो नदिएको बताए।
- उनले सरकारले बिचौलियाको स्वार्थ पूरा गरिरहेको र सुशासन कायम गर्न नसकेको आरोप लगाए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जहाँ जहाँ छ त्यहाँ भ्रष्टाचार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई बिचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका छन् । सोमबार संसदमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले विशेष गरी भूमिहीन सुकुम्वासीका विषयमा उदाहरण दिँदै भने, ‘मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र दिने गृहकार्य अघि बढाएको थियो, तर अहिलेको दुई तिहाइको दम्भ बोकेको सरकारले भूमि आयोगका पदाधिकारी हटाउनु बाहेक केही गर्न सकेन।’
प्रचण्डले सरकारका मन्त्रीहरू सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौँको डिल गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दै भने, ‘तपाईंका मन्त्रीहरू खुल्लमखुल्ला लाखौँको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’
उनले सरकारलाई भ्रष्टाचार, भागबन्डा, राजनीतिकरण, र बिचौलियाको संरचना सृजना गरेर राज्यको आधिकारिक संयन्त्रलाई छायामा पार्ने प्रयास गरेको आरोप पनि लगाए । ‘जहाँ सरकार, त्यहीँ भ्रष्टाचार र बेथिति’ भन्दै उनले विदेशसम्म प्रधानमन्त्रीले जाने हरेक स्थानमा विवाद सिर्जना भएको टिप्पणी गरे ।
पूर्व प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्ने अभिव्यक्तिलाई आम जनताले जाली ठानिसकेको र त्यसको विपरीत सरकारको क्रियाकलापले त्यो साबित गरिदिएको दाबी गरे ।
उनले भने, ‘गत वर्ष नै मैले भनेको थिएँ– सुशासन र संविधान कार्यान्वयन सरकारको प्राथमिकता होइन। सरकार अँध्यारो कोठामा बिचौलियाको स्वार्थ पूरा गर्न बनाइएको थियो। आज पनि त्यही काममा प्रधानमन्त्रीदेखि मन्त्रीहरू व्यस्त छन्।’
सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले जनजीविकाका सवाल, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सत्ताका लागि घाँडो जस्ता भएका टिप्पणी गरे। ‘एउटै मुद्दामा आफ्नालाई बचाउने र विपक्षीलाई राजनीतिक प्रतिशोधको सिकार बनाउने कुरामा त सरकारले विश्व रेकर्ड नै बनाएको छ,’ अध्यक्ष प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण