निपाह भाइरसका कारण करेलामा १८ वर्षीय पुरुषको मृत्यु
नयाँ दिल्ली । भारतको केरलामा एक पटक फेरि निपाह भाइरसको आतंक फैलाएको छ ।
हालै मलप्पुरम जिल्लामा यस भाइरसबाट १८ वर्षीय एक जना युवकको मृत्यु भएको छ । राज्यमा ४६ जना नयाँ संक्रमित फेला परेका छन् । यो घातक भाइरसले स्वास्थ्य अधिकारीहरूलाई उच्च सतर्कताको अवस्थामा ल्याइ पुर्याएको छ । यो भाइरस घातक छ । यसलाई रोक्ने कुनै विशेष औषधि वा खोप बनेको छैन ।
के हो निपाह भाइरस ?
निपाह भाइरस जुनोटिक भाइरस हो । अर्थात् यो भाइरस जनावरबाट मानिसमा सर्छ । यो भाइरस मुख्यतया फ्रुट ब्याट (यसलाई उड्ने स्याल पनि भनिन्छ)बाट सर्छ । यो सुँगुरमार्फत मानिसमा फैलिन्छ ।
पहिलो पटक यो भाइरस सन् १९९८ मा मलेसियामा पत्ता लागेको थियो । त्यसवेलादेखि बंगलादेश, भारत र सिंगापुरमा यसको प्रकोप देखिएको छ ।
केरलामा २०१८ देखि निपाह भाइरसको सात प्रकोप देखिएको छ । निपाह भाइरसको मृत्युदर धेरै उच्च छ । यसका संक्रमितको मृत्यु दर ४० देखि ७५ प्रतिशत पाइएको छ । यो भाइरसमा मानिसबाट मानिसमा सर्न सक्ने भएकोले पनि यो झनै खतरनाक बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण