मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय चलचित्र पुरस्कार : विजय बराल उत्कृष्ट अभिनेता, उपासना सिंह उत्कृष्ट अभिनेत्री

सोमबार, ३० असार २०८२, १५ : ५९
सोमबार, ३० असार २०८२

काठमाडौँ । अभिनेता विजय बराल र अभिनेत्री उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका छन् ।

चलचित्र विकास बोर्डको आयोजनामा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८२’ समारोहमा बरालले फिल्म पूर्ण बहादुरकाे सारङ्गी र ठकुरीले फिल्म ’खुस्मा'बाट पुरस्कार प्राप्त गरेका हुन् । 

२०८१ सालमा प्रदर्शनमा आएका फिल्मबाट बाँडिएको पुरस्कारमा उत्कृष्ट निर्देशक चलचित्र ’साम्बाला'बाट मीन बहादुर भाम बने । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विशेष अतिथिको रूपमा समारोहमा नेपाली चलचित्र क्षेत्रका दिज कलाकार, निर्माता, निर्देशक तथा पत्रकारहरूको सहभागिता थियो । 

अवार्ड विजेताहरूको सूचीः

उत्कृष्ट चलचित्र : साम्बाला

उत्कृष्ट अभिनेताः विजय बराल ( पूर्णबहादरको सारङ्गी)

उत्कृष्ट अभिनेत्रीः उपासना  सिंह ठकुरी (खुस्मा)

उत्कृष्ट निर्देशकः मिनबहादुर भाम (साम्बाला)

उत्कृष्ट सम्पादकः भरत रेग्मी (पुजार सार्की)

उत्कृष्ट छायाँकारः पुषोतम प्रधान (पिताम्बर)

उत्कृष्ट लेखनः दिपक राज गिरी (छक्का पन्जा ५ ) 

उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः गालय् वन (नेवारी भाषा) 

निर्णायक समिति प्रोत्साहन पुरस्कार अभिनेता प्रदीप खड्का ( पुजार सार्की)

जारी विशेष योगदान सम्मान 

प्रेम सुब्बा : कलाकार

देविका बन्दना : पाश्व गायिका

दिर्घ गुरूङ : छायाँकन

अनुप बराल : निर्देशक, कलाकार

परशुराम चौधरी : निर्देशक 

सुरक्षा पन्त: कलाकार 

नकिम उदिन : बितरक प्रदर्शक

उतम केसी : कलाकार 

निखिल उप्रेती : कलाकार 

विशेष चलचित्र पुरस्कार

फिल्म याक्कथुङ : लिब्बु भाषा

फिल्म दिलसरा : मगर भाषा 

मरणोपरान्त विशेष चलचित्र पुरस्कार श्रवण मास्केलाई दिइएकाे थियाे । ५० हजार नगद सहित उनलाई उक्त पुरस्कार दिइएकाे हाे । चलचित्र दीर्घ साधना सम्मान लेखन, निर्देशक तथा कलाकार लक्ष्मीनाथ शर्मालाई दिइएकाे हाे । ३ लाख ७५ हजार नगदसहित उनलाई उक्त पुरस्कार दिइएकाे चलचित्र विकास बोर्ड जनाएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप