क्युरेक्सको ‘पोभिन’ औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन
काठमाडौँ । औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘पोभिन’ नामक औषधिको एक ब्याचलाई बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले सोमबार सूचना जारी गरी राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त औषधि न्यून गुणस्तरको पाइएपछि बिक्री वितरणमा रोक लगाउँदै फिर्ता गर्न महानिर्देशक नारायण प्रसाद ढकालले निर्देशन दिएका हुन् ।
महानिर्देशक ढकालद्वारा जारी सूचनामा क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपा–१०, काभ्रेपलाञ्चोकले उत्पादन गरेको पोभिन नामक औषधी न्यून गुणस्तरहीन भएको भन्दै बजारबाट फिर्ता बोलाउन भनेको हो ।
यो औषधि सामान्यतया घाउ सफा गर्न र सङ्क्रमण रोक्न एन्टिसेप्टिकको रूपमा प्रयोग गरिन्छ । विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त ब्याचको औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र विवरण विभागमा पेस गर्न सो उद्योगलाई निर्देशन दिएको सूचनामा उल्लेख गरिएको छ ।
यस्तै, विभागले उक्त ब्याचको औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न स्वास्थ्यकर्मी, अस्पताल, फार्मेसी तथा उपभोक्ताहरूलाई सूचनामार्फत आग्रह गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण