पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङ्क्रमण
काठमाडौँ । पछिल्लाे केही समयदेखि कोरोना सङ्क्रमण सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अनुसार पछिल्लो २४ घण्टामा ७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो एक हप्तामा मात्रै ४० नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै, गएको पुसदेखि हालसम्म ३ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
हालसम्म देशका ३९ जिल्लामा कोभिडका बिरामी भेटिएकाको ईडिसिडीले जनाएको छ । पछिल्ला दिनहरूका आँकडालाई केलाउँदा पछिल्ला केही हप्तामा सङ्क्रमण दर बढेको छ ।
प्रदेशमा सङ्क्रमण दर
बागमती प्रदेश बढी प्रभावित भएको पाइएको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या हालसम्म २४५ जना पुगेको छ । बागमतीमा पछिल्लो ७ दिनमा २३ जना थपिएका छन् ।
बागमतीपछि कोशी प्रदेशमा ८, गण्डकी र लुम्बिनीमा ३–३, मधेसमा २ र कर्णालीमा १ जना नयाँ सङ्क्रमित थपिएका छन् । सुदूरपश्चिम प्रदेशमा भने पछिल्लो एक हप्तामा नयाँ केस पुष्टि भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण