कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल
काठमाडौँ । कर्णाली याक्स स्पोट्र्स प्रा.लिले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक रूपमा निरन्तरता दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति टोलीको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा मल्ललाई नियुक्त गरेको कर्णाली याक्स स्पोट्र्स प्रा.लिका निर्देशक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन् ।
पहिलो संस्करणमा पाएको सफलतामा पूर्व अन्तर्राष्ट्रिय खेलाडी मल्लको महत्त्वपूर्ण भूमिका रहेको छ । त्यसैले पनि सहकार्यलाई निरन्तरता दिन पाउनु खुसीको कुरा रहेको निर्देशक घिमिरेले बताएका छन् । सम्झौता अवधि एक वर्षको लागि हुनेछ । २०८१ मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको प्रतियोगितामा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
‘नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा हाम्रो टोलीले पहिलो संस्करणमा शीर्ष चारमा रहँदै प्लेअफसम्मको यात्रा तय गरेको थियो ।
आगामी संस्करणमा पनि हामीले उहाँको प्रशिक्षणमा टोलीले सफलता हात पार्ने विश्वास छ । प्रशिक्षकको रूपमा उहाँलाई नै निरन्तरता दिन पाउँदा हामी हर्षित छौँ,” कर्णाली याक्स स्पोट्र्स प्रालीका निर्देशक घिमिरेले बताए ।
कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको थियो ।
अघिल्लो सिजन भारतीय चर्चित ओपनर शिखर धवन अनुबन्ध गरेको कर्णाली याक्सले यो सिजन पनि चर्चित खेलाडी अनुबन्ध गर्दै बलियो दाबेदारी दिने रणनीति तयार पारेको छ ।
नियुक्तिसँगै प्रशिक्षक मल्लले जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै दोस्रो संस्करण काम गर्न उत्साहित भएको बताएका छन् । ‘कर्णाली याक्स स्पोट्र्स प्रा.लीले एक पटक फेरी मलाई विश्वास गरेर जिम्मेवारी दिएको छ । याक्स परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘पछिल्लो पटक हामीले निकै राम्रो गरेका थियाैँ । यो पटक त्यस्तै प्रदर्शन गर्दै उपाधि जिताउने योजना बनाएको छु । टोलीका नयाँ खेलाडीसँग काम गर्न निकै उत्साहित छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण