राजनीतिक स्थिरता भएपनि सेवा प्रवाह प्रभावकारी नभएको गुनासो छ : उपसभापति खड्का
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठुला राजनीतिक दलहरूको गठबन्धनले राजनीतिक स्थिरता भएपनि नागरिकहरूले सेवा प्रवाह प्रभावकारी नभएको गुनासो गर्दै आएको बताएका छन् ।
नेपाली कांग्रेस सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति खड्काले तीनै तहका सरकार स्थिर हुँदा पनि काममा केही गुनासाहरू आउनुले सेवा प्रवाहमा सुधार आउन नसकेको बताए । उनले भने, “सत्तामा रहेका राजननीतिकर्मीले नै असन्तुष्टि बाँड्ने काम गरेका छन् । यो जिम्मेवारीमा रहेका व्यक्ति तथा नेतृत्वको कमजोरी हो ।”
उनले संविधान संशोधन, विकास निर्माणलाई तीव्रता दिँदै जनताका इच्छा र आकाङ्क्षाअनुसार सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । उनले भने,“राजनीतिकर्मी लोभबाट मुक्त हुनुपर्यो । लोभबाट मुक्त भएको मान्छे डरबाट मुक्त हुन्छ । डरबाट मुक्त मानिस मात्र शिर ठाडो पारेर हिँड्न सक्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण