मन्त्रीलाई बर्खास्त नगरेपछि शेखर भन्छन्– यस्तै रहेछ यहाँको चलन
सारांश
- डा. शेखर कोइरालाले घुस प्रकरणमा जोडिएका मन्त्रीलाई कारबाही नभएकोमा असन्तुष्टि जनाएका छन्।
- उनले प्रधानमन्त्री र राजनीतिक दलहरूप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्।
- मन्त्री राजकुमार गुप्तालाई बर्खास्त नगरेकोमा कोइरालाले आलोचना गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले घुस प्रकरणमा जोडिएका मन्त्रीलाई कारबाही नभएकोमा असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री र राजनीतिक दलहरूप्रति असन्तुष्टि प्रकट गरेका हुन् ।
उनले लेखेका छन्– यस्तै रहेछ यहाँको चलन: मन्त्रीक्वाटरमा बिहानै आएर बिचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद् बैठकमा भाग लिन्छन् ।
कोइरालाले विपक्षी दलहरूले पनि कर्मकाण्डी रूपमा मात्र राजीनामा मागेको उल्लेख गरेका छन् । उनले थप भनेका छन्– सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बिचौलियासँग घुस डिल गरेको प्रमाणित भइसक्दा पनि बर्खास्त नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण