लेदो पन्छाएपछि सञ्चालनमा आयो वीपी राजमार्ग
मङ्गलबार, ३१ असार २०८२, ०९ : ०२
सारांश
- काभ्रेको रोशी गाउँपालिकामा पहिरो र लेदोका कारण वीपी राजमार्ग अवरुद्ध भएको थियो।
- प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त प्रयासले सडक खुलाइएको छ।
- जेसिभी प्रयोग गरी लेदो पन्छाएपछि बिहान ८:३५ बाट यातायात पुनः सञ्चालनमा आएको हो।
काभ्रेपलान्चोक । पहिरो र लेदो पन्छाएपछि वीपी राजमार्गको अवरोध हटेको छ । गएराति अवरुद्ध भएको सडक आज बिहान ८ः३५ बाट पुन सञ्चालनमा आएको प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको थियो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोला र विरुवाडाँडामा लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।
स्थानीय जनप्रतिनिधिको समन्वय र प्रहरीको सहयोगमा सडक खुलाइएको हो । जेसिभी प्रयोग गरी लेदो हटाएर दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
-
स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण