बौलाहा खोलामा मोटरेबल पुल निर्माण
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता-पूर्व) नवलपुरको देवचुली नगरपालिका-३ र देवचुली नगरपालिका-१२ लाई जोड्ने बौलाहा खोलामाथिको मोटरेबल पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएपछि वर्षायाममा खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयवासीको वर्षौँदेखिको बाध्यता अन्त्य भएको हो ।
पैतालिस मिटर लामो उक्त पुल गण्डकी प्रदेश सरकारको लगानीमा ब्रर्दश-देवचुली जेभीले रु ६ करोड ३० लाख ५८ हजार ६५२ को लागतमा निर्माण सम्पन्न भएको हो । वि.सं. २०८१ मा निर्माण कम्पनीसँग विसं २०८३ जेठभित्र काम सम्पन्न गर्ने सम्झौता भएकामा तोकिएको समयमा सकिएर सञ्चालनमा आएको हो।
करिब दुई वर्षअघि सम्झौता भई काम थालिएको पुल तोकिएको समयमा सम्पन्न भई सञ्चालनमा आएको देवचुली नगरपालिका-१२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेलले जानकारी दिए । उनका अनुसार पुल सञ्चालनमा आएपछि स्थानीयलाई आवतजावतमा सहजता भएको छ। विशेषगरी वर्षायाममा बौलाहा खोलामा पानीको बहाव बढ्दा विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारणले सास्ती खेप्नुपर्ने अवस्था अब अन्त्य भएको उनको भनाइ छ।
पुल सञ्चालनसँगै बेलचौतारी हुँदै देवचुली-१२ र देवचुली-३ बिच सुरक्षित, सहज र नियमित आवतजावत सम्भव भएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार पुलले दुई वडाबीचको भौतिक सम्पर्क मात्र मजबुत बनाएको छैन, कृषि उत्पादनको ढुवानी, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्थानीय बजारसँगको सम्बन्धलाई समेत थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यसले समग्र स्थानीय आर्थिक गतिविधि र विकासलाई गति दिने विश्वास गरिएको छ।
देवचुली नगरपालिका-३ का वडाध्यक्ष होमनाथ पौडेलका अनुसार पुल निर्माणसँगै कावासोतीबाट रजहरसम्मको मुख्य राजमार्गको वैकल्पिक सडकका रूपमा पनि यो मार्ग प्रयोग गर्न सकिन्छ । पूर्व-पश्चिम राजमार्गमा कुनै अवरोध वा समस्या उत्पन्न भए भित्री सडकमार्फत यही पुल प्रयोग गरेर सहज रूपमा यात्रा गर्न सकिने उनले बताए।
स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको यो पुल निर्माण सम्पन्न भएसँगै देवचुली नगरपालिकाको पूर्वाधार विकासमा नयाँ उपलब्धि थपिएको छ। स्थानीयले यसलाई दैनिक आवतजावत, आर्थिक गतिविधि विस्तार र विपद्का समयमा समेत महत्वपूर्ण पूर्वाधारका रूपमा लिएका छन्। पुल निर्माण भएसँगै बजार क्षेत्रमा सहज पुहँच विस्तार भएको स्थानीय पूर्णबहादुर थापाले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्कास्पद पार्किङ गरिएका ५ वटा गाडी जरिवाना गरेर चालकको जिम्मा
-
अनुमति लिएर लामो समयसम्म प्रगति नगरेका आयोजनाको अवस्था अध्ययन गरिने
-
बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
-
१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण