एक वर्षमा ओली मन्त्रिपरिषद्का २ मन्त्री र एक राज्यमन्त्रीको जागिर चट
सारांश
- एक वर्षमा केपी ओली नेतृत्वको सरकारका दुई मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिए।
- संघीय मामिलामन्त्री राजकुमार गुप्ताले घुस डिलको आरोप लागेपछि राजीनामा दिएका हुन्।
- यसअघि शिक्षा मन्त्री विद्या भट्टराई र राज्यमन्त्री कान्छामान तामाङलाई पनि पदबाट हटाइयो।
काठमाडौँ । एक वर्षको अवधिमा केपी ओली नेतृत्वको गठबन्धन सरकारका दुई मन्त्री र एक राज्यमन्त्रीको जागिर गएको छ । गत वर्षको असार ३० गते नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।
शपथ खाएको एक वर्ष पुगेको दिन नै घुस डिल गरेको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नखाएको विषबाट आफू सिकार भएको भन्दै आरोपबारे अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर पदबाट राजीनामा दिएको बताए ।
यसअघि वैशाख ८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी थिइन् । विद्यालय शिक्षा ऐन माग गर्दै चैत २० गते नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौँ केन्द्रित आन्दोलन चर्किरहेको बेला भट्टराईले राजीनामा दिएकी थिइन् ।
विद्यालय विधेयक संसदबाट अगाडि बढाउने विषयमा प्रधानमन्त्री ओलीकै असहयोग भएपछि भट्टराईले राजीनामा दिन बाध्य भएकी टिप्पणी हुँदै आएको छ । यद्यपि उनले अस्वस्थताको कारण राजीनामा दिएको बताउने गरेकी छन् । गुप्ता र भट्टराई दुवै जना एमालेबाट मन्त्री भएका थिए ।
यस्तै वैशाख १० गते उर्जाराज्यमन्त्री कान्छामान तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका थिए । कांग्रेसबाट मन्त्री भएका तामाङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त भएकोमा असन्तुष्ट देखिएका थिए । कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमा तामाङलाई बर्खास्त गरिएको दाबी गरिएको थियो ।
घुस डिल प्रकरणमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारी समेत मुछिएका छन् । तर घुस डिल प्रकरणमा आफू संलग्न नभएको अधिकारीले जिकिर गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा उनले आरोपको पुष्टि गर्न चुनौती दिएका थिए ।
यसैगरी भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएका छन् । विपक्षी दलहरूले जेठ १३ गतेदेखि निरन्तर राजीनामा मागिए पनि लेखकले राजीनामा दिएका छैनन् ।
आरोपबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण