लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ: सभापति देउवा
सारांश
- शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण बनाउन जोड दिए, लगानीकर्तालाई दुःख दिन नहुने बताए।
- देउवाले विद्युत खपत र व्यापारमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको र आईपीओ निष्कासन छिट्टै हुनुपर्ने बताए।
- देउवाले नेपालको आर्थिक विकासमा उदारवाद र निजीकरणको नीतिले योगदान पुर्याएको उल्लेख गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
मंगलवार काठमाडौँमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने देउवाले बताए ।
उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको पनि देउवाले उल्लेख गरे । यसका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु जरुरी रहेको उनले बताए । जलविद्युत आयोजनाहरूको आइपिओ निष्कासन रोक्नु गलत भएको भन्दै उनले धितोपत्र बोर्डले चाँडै शेयर निष्कासन गर्ने बताए । ऊर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पत्ति भएको पनि देउवाले बताए ।
सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको बताए । यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्ने उनले बताए । निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु खुसीको कुरा भएको उल्लेख गर्दै उनले देशभित्र लोडसेडिङ नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण