टिकाथलीमा गरगहाना र मोबाइल चोरी
मङ्गलबार, ३१ असार २०८२, १३ : २७
सारांश
- ललितपुरको टिकाथलीमा एक घरमा चोरी भएको छ।
- चोरहरूले सुनका गहना, नगद र मोबाइल चोरी गरी फरार भएका छन्।
- प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी र अनुसन्धान गरिरहेको छ।
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा सोमबार बिहान चोरी भएको छ । राधाकृष्ण चोक बस्ने दीपेन्द्र झाको घरमा चोरी भएको प्रहरीले जानकारी दिएको हो ।
चोरले सुनका विभिन्न गरगहना, नगद र मोबाइल १ थान समेत गरी करिब ४ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
-
सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण