'सामान्य प्रशासनमन्त्रीले त राजीनामा दिनुभयो, उहाँले पोलेका मन्त्रीले के गर्नुहुन्छ ?'
मङ्गलबार, ३१ असार २०८२, १४ : ३०
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पोलेका अर्का मन्त्रीले राजीनामा दिन पर्दैन भन्दै प्रश्न गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै माओवादी सांसद लेखनाथ दाहालले पोलेका मन्त्रीले राजीनामा दिनु पर्दैन भन्ने प्रश्न गरेका हुन् ।
मन्त्री गुप्ताले घूस प्रकरणको अडियोमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले पैसा लिएर काम नगरेको बताएका थिए ।
गुप्ताले आज राजीनामा दिए पनि मन्त्री अधिकारीको राजीनामा आएको छैन । यसबारे प्रतिनिधिसभामा माओवादी सांसद दाहालले प्रश्न उठाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण