मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने

मङ्गलबार, ३१ असार २०८२, १५ : १८
मङ्गलबार, ३१ असार २०८२

काठमाडौँ । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले’ विगतको वर्ष झैँ यो बर्षपनि ‘गाईजात्रा महोत्सव’ आयोजना गर्ने भएको छ । आगामी २४ देखि ३१ सम्म आयोजना हुने महोत्सवको नाम ‘गाईजात्रा महोत्सव ८२’ राखिएको छ ।

१४ जना कमेडियनले प्रस्तुति दिने महोत्सवमा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नाग पनि सहभागी हुनेछन् । अन्य सुरेन्द्र केसी ‘मुला साग’, शिवशंकर रिजाल ‘जोगिन्दर’, राजा राजेन्द्र पोखरेल, हिमेश पन्त, विकास अर्याल, सरोज भण्डारी, सुजिता श्रेष्ठ, भरतमणी पौड्याल, सन्तोष थापा, सुमन कोइराला र कैलाश कार्की, दिनेश काफ्ले, खडगबहादुर पुन र सुयशा खनाल लगायत रहनेछन् ।

सांस्कृतिक पर्व गाईजात्राको महत्त्व र गरिमालाई जोगाई राख्न ‘गाईजात्रा महोत्सव ८२’को आयोजना गर्न लागिएको संस्कृति संस्थानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप