मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

२० करोड डलर तिरेर एलन मस्कको ग्रोक एआई चलाउँदैछ पेन्टागन

मङ्गलबार, ३१ असार २०८२, १६ : २३
मङ्गलबार, ३१ असार २०८२

वासिङटन डीसी । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले खर्बपति व्यापारी एलन मस्कको एक्सएआईको कृतिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) च्याटबोट ग्रोक प्रयोग गर्न २० करोड डलरको सम्झौता गरेको छ ।

यो सम्झौताले ग्रोकलाई संघीय सरकारका अन्य निकायहरूमा प्रयोग गने बाटो खोल्ने बीबीसीले भनेको छ । मस्कको कम्पनी एक्सएआईद्वारा सोमबार घोषणा गरिएको २०० मिलियन डलरको सम्झौता ‘ग्रोक फर गभर्नमेन्ट’ कार्यक्रमको हिस्सा छ । यो ट्रम्प प्रशासनको कृत्रिम बुद्धिमत्ता (एआई)को थप आक्रामक प्रयोगको प्रयाससँग मेल खाने बताइएको छ । 

यसलाई अमेरिकाका संघीय निकाय, स्थानीय सरकार र राष्ट्रिय सुरक्षाका लागि विशेष गरी बनाइएको बताइएको छ । ग्रोकले केही दिनअघि यहुदी विरोधी जवाफहरू दिएको र एडोल्फ हिटलरको प्रशंसा गरेको घटनापछि यो खबर आएको हो । त्यतिबेला मस्कले यो च्याटबट अति आज्ञाकारी र अति चाप्लुस भएको बताएका थिए । यो समस्या समाधान गरिरहेको पनि उनले बताएका थिए । यो सम्झौतापछि अमेरिकी सरकारका मन्त्रालय र विभागहरूले चयटबोटको पछिल्लो संस्करण ग्रोक४ मा समेत पहुँच पाउने मस्कले भनेका छन् । 

राष्ट्रिय सुरक्षाको प्रयोजनका लागि कम्पनीले कष्टम टुल पनि दिनेछ । गोप्य वातावरणका लागि कम्पनी प्राविधिक सहायता प्रदान गर्ने योजना पनि बनाएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मस्कको सम्बन्ध बिग्रँदै गइरहँदा सरकारसँग मस्कको कम्पनीको यो साझेदारी भएको हो ।

यो वर्षको सुरुमा मस्कले छोटो समय ट्रम्प प्रशासनमा रहेर काम गरेका थिए । ट्रम्पको कर र खर्च विधेयकबारे विवाद भएपछि उनले पद त्यागे । यसपछि दुईबिचको सम्बन्ध झनै बिग्रिएको छ । हालै मस्कले अमेरिका पार्टी नामको राजनीतिक दल खोल्ने घोषणा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप