ऋण असुलीमा गएका सहकारी कर्मचारीमाथि जुत्ताको माला : फरार दुई महिलाविरूद्ध पक्राउ पूर्जी जारी
विराटनगर । ऋणको भाखा नाघेपछि असुलीका लागि घरमा पुगेका एक वित्तीय संस्थाका दुई कर्मचारीमाथि जुत्ताको माला लगाउने र दुर्व्यवहार गर्ने दुई महिलाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
मोरङ प्रहरीका अनुसार, मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीया दुर्गामाया लिम्बु र ३३ वर्षीया माया मगरविरुद्ध अभद्र व्यवहार, गालीगलौज र हातपातको आरोपमा पूर्जी जारी गरिएको हो । उनीहरू दुवै हाल फरार रहेका छन् ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि आइतबार दिउँसो यो घटना भएको थियो ।
सार्वजनिक भएको भिडियोमा सुशीला लामिछानेलाई कुर्सीमै बसेको अवस्थामा जुत्ताको माला लगाइएको स्पष्ट देखिन्छ भने रमेश राईले प्रतिकार गर्न खोज्दा उनलाई लछारपछार गरिएको थियो ।
माया मगरले जुत्ताको माला लगाएकी थिइन् भने दुर्गामाया लिम्बुले सो घटनाको भिडियो खिचेकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा राखिएको भएपनि पछि हटाइएको छ ।
मोरङ प्रहरीका प्रवक्ता, डीएसपी चुँडालका अनुसार, ‘ऋण खाएर नतिरेपछि छलफलका लागि गएका बेला उनीहरूले माला लगाइदिएको भनेर जाहेरी परेको छ ।’ प्रहरीका अनुसार दुर्गामाया लिम्बुको घरमा यो घटना भएको हो । पक्राउ पूर्जी जारी भएपनि अभियुक्तहरू मोबाइल अफ गरेर फरार रहेको र खोजी कार्य जारी रहेको डीएसपी चुँडालले बताइन् ।
ऋण असुलीको सिलसिलामा कर्मचारीहरू उनीहरूको घरमा पुग्दा भएको अमर्यादित आचरणप्रति सहकारी संस्थाले समेत आपत्ति जनाएको छ । सहकारी संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता घटनाले समग्र सहकारी तथा वित्तीय क्षेत्रको छवि धूमिल पार्ने काम गरेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण