पढ्दै कमाउने मोडलमा न्यु सुम्निमा स्कूल, सीपसँगै करिअर !
ललितपुर । ललितपुरको चाकुपाटस्थित न्यु सुम्निमा इङ्लिस स्कूलले शैक्षिक प्रमाणपत्रसँगै जीवनोपयोगी सीपसमेत दिलाउने अभ्यासलाई सशक्त रूपमा अघि बढाइरहेको जनाएको छ । विद्यालयले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्राविधिक, व्यवस्थापन र मानविकी संकायमा अध्ययन गराउँदै व्यावसायिक तथा सीपमूलक तालिमलाई अनिवार्यरूपमा समावेश गर्दै आएको हो ।
विद्यालयका प्रिन्सिपल आर.एम. बज्राचार्यका अनुसार शिक्षालाई केवल किताबी ज्ञानको सीमा नभई जीवन निर्माणको आधार बनाउने उद्देश्यसहित स्कूल अगाडि बढिरहेको छ । उनका अनुसार, विद्यालय केवल शिक्षा दिने स्थान नभई क्षमता निर्माणको थलो हो ।
हाल विद्यालयले दुई दर्जनभन्दा बढी व्यावसायिक तालिम सञ्चालन गरिरहेको छ । परम्परागत सीपमा कार्पेन्ट्री, प्लम्बिङ, इलेक्ट्रिकल वायरिङ जस्ता तालिम समावेश छन् भने आधुनिक प्रविधिका क्षेत्रमा कम्प्युटर हार्डवेयर, एआई बेसिक्स, अटो मोबाइल रिपेयर लगायतको तालिम दिइँदै आएको छ ।
त्यस्तै सेवा क्षेत्रतर्फ होटल म्यानेजमेन्ट, ब्युटीशियन, केयर गिभर तथा ग्राफिक डिजाइन, फोटोग्राफी लगायतका रचनात्मक तालिम पनि समावेश छन् ।
विद्यालयमा विद्यार्थीले प्रयोगशाला, वर्कशप तथा इन-हाउस होटल मञ्चमा व्यावहारिक अभ्यासको अवसर पाउने व्यवस्था गरिएको छ ।
विद्यालयले एसईई पास गरेका विद्यार्थीलाई कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी र प्राविधिक शिक्षा पढ्न अवसर प्रदान गर्छ भने अनुत्तीर्ण विद्यार्थीलाई पनि छोटो अवधिका व्यावसायिक तालिममा सहभागी गराइन्छ । सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यअनुसार, विद्यालयले पढ्दै कमाउने अवधारणामा आधारित शिक्षण पद्धति अपनाएको जनाएको छ ।
विद्यालयको मानविकी संकायमा समाजशास्त्र, जनसंख्या शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, मास कम्युनिकेसनजस्ता सामाजिक चेतनासँग जोडिएका विषयहरू पढाइन्छन् । व्यवस्थापन संकायले व्यवसायिक दक्षताको विकासमा केन्द्रित शिक्षण दिन्छ ।
विद्यालयमा अनुभवी र दक्ष शिक्षक समूहले पढाइ सञ्चालन गर्दै आएका छन् । शिक्षकहरूबाट कार्यमूलक अनुसन्धान, इन्टर्नसिप र व्यवहारिक शिक्षामा जोड दिइन्छ ।
विद्यालयको शिक्षण दृष्टिकोण ज्ञान, सीप र चरित्र निर्माणमा आधारित रहेको छ । सीपमूलक कार्यक्रमप्रति अभिभावकहरूको विश्वाससमेत बढ्दो क्रममा रहेको विद्यालय प्रशासनले जनाएको छ ।
प्रिन्सिपल बज्राचार्यका अनुसार, विद्यालयको लक्ष्य केवल बोर्ड परीक्षा पास गराउने नभई आत्मनिर्भर र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नु हो ।
विद्यालयले आधुनिक शिक्षा, सीप र करिअर तयारीलाई समायोजन गर्दै विद्यार्थीलाई भविष्यका लागि दक्ष, जिम्मेवार र आत्मनिर्भर बनाउन प्रयत्नशील रहेको जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण