कियारा-सिद्धार्थलाई पुत्रीलाभ
बुधबार, ३२ असार २०८२, १२ : ५९
सारांश
- बलिउड अभिनेत्री कियारा आडवाणीले मुम्बईको अस्पतालमा छोरी जन्माइन्।
- कियारा र बच्चा दुवै स्वस्थ रहेको बताइएको छ, र उनीहरूले आधिकारिक घोषणा गरेका छन्।
- सिद्धार्थ र कियाराले फिल्म शेरशाहमा सँगै काम गरेका थिए र २०२३ मा विवाह गरे।
मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा आमाबाबु बनेका छन्। कियाराले मंगलबार राति मुम्बईको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।
कियारालाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको सामान्य डेलिभरी भएको थियो। कियारा र बच्चा दुवै स्वस्थ छन्। एनडीटीभीको रिपोर्ट अनुसार, अघि कियाराको डेलिभरी अगस्टमा हुने बताइएको थियो।
सिद्धार्थ र कियाराले बुधबार यसबारे आधिकारिक घोषणा गर्दै एक पोस्टमा लेखे, ‘हाम्रो मन भरिएको छ र हाम्रो संसार सधैँको लागि परिवर्तन भएको छ। हामीले छोरीको आशीर्वाद पाएका छौँ।’

सिद्धार्थ र कियाराले फिल्म शेरशाहमासँगै काम गरेका थिए। दुवैले सुटिङ सेटमा एकअर्कालाई डेट गर्न थालेका थिए। सिद्धार्थ र कियाराले ७ फेब्रुअरी २०२३ मा जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण