सीपयुक्त कामदार जापानमा पठाउने समझदारी थप ५ वर्षका लागि नवीकरण
सारांश
- जापानसँगको श्रम समझदारी ५ वर्षका लागि नवीकरण भएको छ।
- यो समझदारीले नेपालबाट सीपयुक्त कामदार जापान पठाउन मद्दत गर्नेछ।
- मन्त्रिपरिषद् बैठकले २०१९ को समझदारीलाई निरन्तरता दिने निर्णय गरेको हो।
काठमाडौँ । जापानमा निश्चित सीपयुक्त कामदार पठाउने समझदारी थप ५ वर्षका लागि नवीकरण भएको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले सन् २०१९ मा भएको दुई देशबिचको समझदारी थप ५ वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको हो ।
सन् २०१९ मार्च २० मा भएको उक्त समझदारीको अवधि मार्च १९, २०२४ मै सकिइसकेको थियो । तर, सरकारले हाल आएको उक्त समझदारी मार्च १९,२०२४ देखि नै लागू हुने गरी ५ वर्षका लागि थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बुधबार जानकारी दिए ।
‘नेपाल र जापान सरकारबिच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ बाट थप ५ वर्षका लागि नवीकरण गर्ने निर्णय भएको छ’, उनले भने ।
समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८० सालमै ‘जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, ०८०’ लागू गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण