मनोज गजुरेल समूहकाे ‘गाईजात्रा’ साउन २३ गतेबाट
बुधबार, ३२ असार २०८२, १५ : ५५
काठमाडौँ । हास्यकलाकार मनोज गजुरेल समूहले यस वर्षको गाईजात्रे प्रस्तुति साउन २३ गतेबाट सुरु गर्ने भएको छ ।
‘८२ सालको गाईजात्रा’ नाम दिइएको कार्यक्रम प्रज्ञा भवन कमलादीमा आयोजना हुनेछ । कलाकार गजुरेलले सामाजिक सञ्जालमा एक पोष्टर सार्वजनिक गर्दै कार्यक्रमको बारेमा जानकारी दिएका हुन् ।
कार्यक्रममा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुबोध गौतम, सुमन कार्की, पशुपति शर्मा, नवराज पराजुली, चक्र दवाडी, सिता न्यौपाने, प्रभात लामा, मेक्सम गौडेल, प्रकृति गिरी, श्रेया सुवेदी, आशिष खनाल, सन्देश सुवेदी , कल्पना खतिवडालगायत कलाकारको रूपमा रहनेछन् ।
गजुरेलले २०८० बाट सालको नाम राखेर गाईजात्रा कार्यक्रम गर्दै आएका हुन् । विगतका वर्ष झैँ यो वर्ष पनि गाई जात्रा विषेश हुने बताइन्छ । गाइजात्रा २७ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण