एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबिच सहकार्य, डिजिटल भुक्तानीमा १०% छुट
बुधबार, ३२ असार २०८२, १८ : ४५
सारांश
- एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच सम्झौता भएको छ।
- बैंकका ग्राहकहरूले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्।
- यो छुट भक्तपुरको चाँगुनारायणमा रहेको होमस्टेमा उपलब्ध हुनेछ।
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई नगरकोट सामुदायिक होमस्टेमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको छ। यस सम्झौताअनुसार, बैंकका ग्राहकहरूले नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
भक्तपुरको चाँगुनारायणमा रहेको नगरकोट सामुदायिक होमस्टे १७ घरपरिवारद्वारा सञ्चालित छ। ग्राहकहरूले यस होमस्टेको सेवा उपभोग गरेबापत एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ (MoBank) एप मार्फत भुक्तानी गर्दा यो छुट सुविधाको लाभ लिन सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण