प्रशासनिक संघीयतालाई सुदृढ बनाउन जोड दिन्छु : नवनियुक्तमन्त्री न्यौपाने
सारांश
- नवनियुक्त मन्त्री भगवती न्यौपानेले प्रशासनिक संघीयता सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
- उनले कर्मचारी व्यवस्थापन र तीन तहका कर्मचारी व्यवस्थापनको समस्या समाधान गर्ने बताइन्।
- मन्त्री न्यौपानेले जनतालाई छिटो सेवा प्रवाह गर्ने कुरालाई प्राथमिकता दिने बताइन्।
काठमाडौँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रशासनिक सङ्घीयतालाई सुदृढ बनाउने कुरामा आफ्नो प्राथमिकता रहने बताएकी छन् ।
बुधवार साँझ मन्त्री पदको शपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले प्रशासनिक सङ्घीयतालाई सुदृढ नबनाई सङ्घीयता बलियो हुन नसक्ने बताउनु भयो । कर्मचारी व्यवस्थापनमा समस्या रहेको र तीन तहका कर्मचारी व्यवस्थापनको समस्यालाई समाधान गर्ने दाबी गरिन् ।
जनतालाई सेवा प्रवाह छिटो छरितो गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताइन् । मन्त्री न्यौपानेले भनिन्,‘प्रशासनिक सङ्घीयतालाई सुदृढ बनाउनुपर्छ । प्रशासनिक सङ्घीयतालाई सुदृढ नबनाई सङ्घीयता बलियो हुन सक्दैन । सङ्घीयता सुदृढ हुन सक्दैन । कर्मचारी व्यवस्थापनमा समस्या छ । तीन तहका कर्मचारी व्यवस्थापनमा जुन प्रकारको समस्या छ, त्यो तीन तहको कर्मचारी व्यवस्थापनलाई सबैभन्दा पहिला ध्यान दिनुपर्छ भन्ने उद्देश्य छ । जनतालाई सेवा प्रवाह छिटो छरितो गर्नुपर्छ भन्ने मेरो प्राथमिकता छ ।’
मन्त्री न्यौपानेले जनतालाई आभाष हुने गरी आफूले कार्य सम्पादन गर्ने दाबी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण