सशस्त्रको ३ पदमा बढुवाको सूचना प्रकाशन
बुधबार, ३२ असार २०८२, २१ : ०१
काठमाडौँ । सशस्त्र प्रहरी बलमा ३ वटा पदमा बढुवाको लागी सूचना प्रकाशन गरिएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी), उपरीक्षक (एसपी) र वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न बढुवा समितिले सूचना प्रकाशन गरेको हो ।
बढुवा समितिका सदस्य सचिव डीआईजी कुल बहादुर नेम्बाङ्गले हस्ताक्षर गरेको सूचनामा बढुवाको लागी योग्य उम्मेदवारहरुलाई मूल्याङ्कन फारम भरेर १५ दिनभित्र बुझाउन भनिएको छ । बुधवार प्रकाशित सूचना अनुसार मूल्याङ्कन फारम भरेका अधिकृतहरू मध्येबाट १५ दिनपछि बढुवा सिफारिस गरिन्छ ।
बढुवा समितिले बुधवार नै एसएसपी मनिष थापालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । थापा सिसम–१ का अधिकृत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण