सिरियामा इजरायली हवाई आक्रमणः तीन जनाको मृत्यु, ३४ घाइते
सारांश
- इजरायली सेनाले दमास्कसमा हवाई आक्रमण गर्दा कम्तिमा ३ जनाको मृत्यु र ३४ जना घाइते भएका छन्।
- इजरायलले सैन्य लक्ष्यलाई निशाना बनाएको दाबी गरे पनि सर्वसाधारण प्रभावित भएको बताइएको छ।
- सिरियाली सरकारले इजरायली आक्रमणको कडा निन्दा गर्दै यसलाई आपराधिक र गैरकानुनी भनेको छ।
काठमाडौँ । इजरायली सेनाले सिरियाको राजधानी दमास्कसमा रहेको राष्ट्रपति भवन नजिकै र रक्षा मन्त्रालय वरपर हवाई आक्रमण गरेको छ। इजरायली सेनाले सैन्य लक्ष्यहरूलाई निशाना बनाइएको दाबी गरेपनि आक्रमणमा सर्वसाधारण पनि प्रभावित भएका छन्।
सिरियाको स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ। आक्रमणपछि दमास्कसको आकाशमा बाक्लो धुवाँ देखिएको थियो।
इजरायली रक्षा बलले एक्समार्फत पोस्ट गर्दै दक्षिण सिरियामा ड्रुज समुदायको सुरक्षाका लागि आक्रमण गरिएको दाबी गरेको छ। रक्षा बलले सिरियाली सेना र स्थानीय मिलिसिया समूहबीच बढ्दो द्वन्द्वका कारण हस्तक्षेप गरिएको उल्लेख गरेको छ।
सिरियाली सरकारले भने इजरायली आक्रमणलाई “अपराधिक र गैरकानुनी” भन्दै कडा आपत्ति जनाएको छ। राष्ट्रपतिको कार्यालयले जारी गरेको वक्तव्यमा इजरायली गतिविधिले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि गम्भीर अतिक्रमण भएको आरोप लगाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण