शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

साउनको पहिलो दिन आज, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

बिहीबार, ०१ साउन २०८२, ०५ : ०२
बिहीबार, ०१ साउन २०८२

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल साउन १ गते । बिहीबार । ईश्वी सन् २०२५ जुलाई १७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–सप्तमी, ३१ घडी ४९ पला, बेलुकी ६  बजेर ३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–रेवती, ५५ घडी ४ पला, रातको २ बजेर २१ मिनेट उप्रान्त अश्विनी । योग– अतिगण्ड, १२ घडी ८ पला, बिहान १० बजेर ११ मिनेट उप्रान्त सुकर्मा । करण–भद्रा, बिहान ७ बजेर १ मिनेट उप्रान्त बव, बेलुकी ६ बजेर ३ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मीत्र योग । चन्द्रराशि–मीन । श्रावणसङ्क्रान्ति । अष्टमी व्रत ।

काठमाडौँम सूर्योदय बिहान ०५ बजेर २० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ८ पला ।  

आजको बार बेला ।  

बिहान ५ बजेर २० मिनेटसम्म शुभ बेला ।

बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ७ बजेर २ मिनेटसम्म रोग बेला ।

बिहान ७ बजेर ३ मिनेटदेखि बिहान ८ बजेर ४५ मिनेटसम्म उद्धेग बेला ।

बिहान ८ बजेर ४६ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म चर बेला ।

बिहान १० बजेर २८ मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म लाभ बेला ।

मध्यान्ह १२ बजेर १० मिनेटदेखि दिउसो १ बजेर ५२ मिनेटसम्म अमृत बेला ।

दिउसो १ बजेर ५३ मिनेटदेखि दिउसो ३ बजेर ३४ मिनेटसम्म काल बेला ।

दिउसो ३  बजेर ३५ मिनेटदेखि बेलुकी ५ बजेर १६ मिनेटसम्म शुभ बेला ।

बेलुकी ५ बजेर १७ मिनेटदेखि बेलुकी ८ बजेर १६ मिनेटसम्म अमृत बेला ।

नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो १ बजेर ५१ मिनेटदेखि दिउसो ३ बजेर ३४ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ४४ मिनेटदेखि बिहान ४ बजेर ३२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

स्वास्थ्यको विशेष ख्याल गर्नुहोला औषधी उपचार खर्च बढेर जानेछ । आफन्त तथा साथीभाइहरूले खासै सहयोग गर्ने छैनन् । पढाइ लेखाइमा ध्यान नजान्दा अरूभन्दा पछि परिनेछ । कामलाई दोहोर्‍याएर गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भए पनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । वित्तीय क्षेत्र, शेयर बजार तथा औद्योगिक क्षेत्रमा गरिएको लगानीबाट भने नाफा कमाउन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पैतृक धन तथा सम्पत्ति को प्रयाग तथा परिचालन मार्फत मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । बैङ्क तथा वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । विद्यार्थीहरूका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाइ लेखाइमा भन जस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रसन्न रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

फुर्सदको समयमा सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खाद्यान्न, निर्माण सामाग्री, अटोपार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा आज गरिने लगानीबाट मुनाफा कमाउन सकिनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । पारिवारिक माहौलमा मिष्ठान्न भोजनको स्वाद लिँदै समय व्यातित गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार ता शेयर बजारबाट नाफा कमाउन सकिनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था नाजुक हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा चेलीहरूसँग मनमुटाब सिर्जना हुनेछ । माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोले आजको दिन भेट्दा ध्यान दिनुहोला । व्यस्तता बढे पनि कमाई भने न्यून नै रहनेछ । बोल्दा वा खानपानमा ध्यान दिनुहोला । तर पनि पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । धार्मिक स्थल तथा पर्यटकीय स्थलको भ्रमण गर्ने अवसर जुर्नेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

भौतिक सम्पत्ति तथा बिलासी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । व्यवसायकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तसँग हुने भेटघाटले मन प्रफुल्लित हुनेछ । व्यापार तथा शेयर बजारको लगानी फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापार तथा शेयर बजारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रूप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाइने हुँदा पन प्रसन्न रहनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ । तर पनि वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

महत्त्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाटी सम्बन्धी समस्या ठिक भएर जानेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाइनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइने छ । व्यापार तथा शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरू सुरक्षित गर्न सकिनेछ । राजनीतिज्ञको लागी समय फलदायी रहेकोले पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार तथा शेयर बजारमा लगानी गर्नेहरूले मनग्गे नाफा कमाउन सक्नेछन् । विद्यार्थीहरूले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडीहरूका लागी समय उत्तम रहेको छ ।

 

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप