२४ दिन बिते, कोठाभित्र ताल्चा लगाएर हत्या गरिएकी युवतीको हत्यारा पत्ता लगाउन प्रहरी असफल
सारांश
- धनगढीमा एक युवतीको हत्या भएको २४ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन।
- मृतक युवती ३० वर्षीया रेणु चौधरी थिइन्, जो कञ्चनपुरकी हुन् र धनगढीमा कार्यालय सहयोगीको रूपमा काम गर्थिन्।
- प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ, तर हालसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छैनन्।
धनगढी । धनगढीमा २४ दिन बिते पनि कोठाभित्र ताल्चा लगाएर हत्या गरिएकी युवतीको हत्यारा पत्ता लगाउन प्रहरी असफल देखिएको छ।
गत असार ९ गते धनगढी–उपमहानगरपालिका–२ बैयाबेहडीमा कोठाभित्र ताल्चा लगाएको अवस्थामा एक युवती मृत फेला परेकी थिइन्। हत्या गरिएकी युवती थिइन्, ३० वर्षीया रेणु चौधरी।
उनको स्थायी घर कञ्चनपुरको पुनरवास नगरपालिका–१० अमरवस्ती हो। धनगढीमा उनी खानेपानी संस्थान कार्यालयमा कार्यालय सहयोगीको काम गर्दै आएकी थिइन्। घरबेटीले कोठाबाट गन्ध आएपछि झ्यालबाट हेर्दा उनको बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटना घटेको केहि दिनपछि रेणुका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए।
घटना घटेको २४ दिन बिते पनि प्रहरीले भने उनको हत्यामा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार घटनाबारे अनुसन्धान जारी छ। अहिलेसम्म हत्यामा संलग्नलाई पक्राउ गर्न सकिएको छैन।
‘पहिला मान्छे पत्ता लगाएर पक्राउ पर्नु पर्यो, हामीहरू अनुसन्धानमै छौँ, हत्यामा संलग्न भएकाहरूको खोजतलास भइरहेको छ’ डीएसपी सिंहले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण