धुलिखेल–खावा सडक विस्तारका लागि पुनः ठेक्का खुल्यो
काठमाडौँ । धुलिखेल–खावा सडक खण्ड विस्तारका लागि पुनः ठेक्का खुलाएको छ । भक्तपुर सडक डिभिजन कार्यालयले बिहीबार सूचना जारी गर्दै उक्त सडक विस्तारका लागि ठेक्का आह्वान गरेको हाे । इच्छुक निर्माण कम्पनीले ठेक्का आह्वान भएको ३० दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ ।
यसअघि यो सडक विस्तार कार्य समयमै सम्पन्न नहुँदा ठेक्का रद्द गरिएको थियो । २०७९ जेठ २० गते सबैभन्दा कम रकम कबोलमा गौरी–पार्वती निर्माण सेवालाइ ठेक्का दिइएको थियो । २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँ २२ महिनाभित्र निर्माण सक्ने सर्तमा ठेक्का लगाएको सम्झौताको समय सीमा सकिएको ११ महिनापछि रद्द गरिएको थियो ।
उक्त सडक खण्ड अरनिको राजमार्गसँग जोडिएको र यसैबाट तातोपानी नाका हुँदै चीन तथा दोलखा, रामेछाप जस्ता जिल्लामा आवत जावत हुन्छ । करिब ४ किलोमिटर सडकलाई १२ मिटर चौडा पारेर कालोपत्र गर्ने योजनाअनुसार निर्माण थालिएको थियो । तर निर्माण व्यवसायीले समयमा निर्माण सम्पन्न नगरेपछि ठेक्का रद्ध गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण