एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री
बिहीबार, ०१ साउन २०८२, १५ : १२
पाल्पा । यहाँको रामपुर नगरपालिका वडा नम्बर ५ स्थित भम्बकका प्रेमबहादुर सिंह ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन् ।
उनले गत वर्ष करिब ६ हजार बराबरको बिरुवा बिक्री गरेका थिए । यो क्षेत्रमा फागुनदेखि असारसम्म कफीका बिरुवा रोप्ने गरिन्छ ।
ठकुरीले विगत तीन वर्षदेखि अरबिका जातको बिरुवा उत्पादन गरिरहनुभएको छ । प्रति बिरुवा रु ४० का दरले फार्मबाटै धमाधम बिक्री भइरहेको उनले बताए । नर्सरीमा दुई हजार ५०० बिरुवा बिक्री गर्न बाँकी रहेको उनले जानकारी दिए ।
यहाँ उत्पादन भएका बिरुवा पाल्पा, स्याङ्जा, पर्वतलगायतका जिल्लामा खपत हुने गरेको छ । बिरुवा राखेको १४ महिनामा लगाउन योग्य हुने गर्छ । ठकुरीले आफ्नै घरमा अर्गानिक चिया तथा कफी उद्योग समेत सञ्चालन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण