पर्यटनमन्त्री पाण्डेले एक वर्षमा के–के गरे काम ?
सारांश
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक वर्षको कार्यकालमा गरेका कामको विवरण सार्वजनिक गरे।
- मन्त्री पाण्डेले हवाई सेवा प्राधिकरण विधेयक र पर्यटन बोर्ड ऐन संशोधनसम्बन्धी विधेयक अगाडि बढाए।
- उनले लुम्बिनीलाई खतराको सूचीबाट हटाउन युनेस्को र अन्य सरोकारवालासँग मिलेर काम गरे।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा आफ्नो उपलब्धि सार्वजनिक गरेका छन् ।
पाण्डेको उपलब्धिमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक अगाडि बढाइएको उल्लेख छ । यी विधेयकहरू प्रतिनिधि सभाको विषयगत समितिमा दफावार छलफलमा छन् ।
पाण्डेको कार्यकालमा स्थायी हवाई दुर्घटना जाँच संयन्त्रको स्थापना, नेपाल वायुसेवा निगमको सुधार लगायत काम गरेको दाबी गरिएको छ ।
यस्तै नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका लागि उच्चस्तरीय समिति गठन गरी समग्र अध्ययन प्रतिवेदन तयार पारिएको पनि उपलब्धिमा छ ।
पाण्डेका कार्यकालमा प्रतिलिपि अधिकार सम्बन्धी विधेयक र पर्यटन बोर्ड ऐन संशोधनसम्बन्धी विधेयकको मस्यौदा तयार पारिएको पनि उपलब्धिमा रहेको छ ।
यस्तै मन्त्रिपरिषद्बाट पर्यटन नीति २०८२ स्वीकृत र यसैगरी संस्कृति नीति को मस्यौदा मन्त्रिपरिषद्मा पेस भएको र हवाई नीति निर्माण अन्तिम चरणमा पुगेको पाण्डेको दाबी छ ।
उनले आफ्नो कार्यकालमा पर्वतारोहण सम्बन्धी नियमावली, हवाई सेवा व्यवस्थापन नियमावली तथा क्यासिनो नियमावली कार्यान्वयनमा ल्याएको दाबी गरेका छन् ।
पर्वतारोहण क्षेत्रलाई पर्यटन उद्योगको आवश्यकताअनुसार व्यवस्थित, विस्तार र प्रवर्द्धन गर्न पर्वतारोहण सम्बन्धी नियमावली (छैटौँ संशोधन) २०८१ लागू गरिएको छ । यससँगै थप ५७ वटा हिमालहरू आरोहणका लागि खुला गरिएका छन् ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमार्फत ९१५ जना दक्ष जनशक्ति उत्पादन गरिएको छ । पर्यटकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै नेपाललाई सुरक्षित गन्तव्यका रूपमा विकास गर्ने नीति अनुरूप कर्णालीको रारामा र सुदूरपश्चिमको खप्तडमा थप दुई पर्यटक प्रहरी पोस्टको स्थापना गरिएको पनि पाण्डेको उपलब्धिमा रहेको छ ।
पाण्डेले आफ्नो कार्यकालमा नेपालको पर्यटन विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य अनिवार्य रहेको यथार्थलाई आत्मसात् गर्दै नेपालले थाइल्यान्ड र ओमानसँग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुलाई उपलब्धिको रूपमा व्याख्या गरेका छन् ।
लुम्बिनी खतराको सूचीबाट हट्यो
मन्त्री कार्यभार सम्हाल्नु अघि युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत र विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनी खतराको सूचीमा परेको थियो। खतराको सूचीबाट बाहिर निकाल्न मन्त्री पाण्डेले युनेस्को तथा सरोकारवाला राष्ट्रिय–अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग चरणबद्ध रूपमा छलफल गर्दै लुम्बिनीलाई खतराको सूचीबाट निकाल्नका लागि तयार पारिएको सुधारात्मक कार्य योजना (एक्सन प्लान) लाई प्राथमिकताका साथ कार्यान्वयन गरेको दाबी गरेका छन् ।
मन्त्री पाण्डेले मन्त्रालय अन्तर्गतका सम्पूर्ण छपाइको काम नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेसबाट छाप्ने निर्णय गरेका छन् । मन्त्री पाण्डेले उत्कृष्ट कार्यसम्पादन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको मन्त्रालयहरूको अर्धवार्षिक मूल्याङ्कनमा ८० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण