साउने सङ्क्रान्ति अर्थात् लुतो फाल्ने दिन, तस्बिरहरू
काठमाडौँ । आज साउन १ गते अर्थात साउने संक्रान्ती जुन दिन लुतो फाल्ने दिनले पनि प्रचलित छ । तर यो संस्कृति भने हराउँदै गएको छ । पहिला सबैतिर प्रचलनमा रहेको यो संस्कृति अहिले सिमित ठाउँमा मात्रै प्रचलनमा रहेको छ जसमध्ये एक मुड्खु क्षेत्र पनि हो ।
युवामा पुस्ता हस्तान्तरण हुन नसक्दा यो संस्कृति हराउँदै गएको भन्दै बुढापाका चिन्तित बनेका छन् । आफूले सानैदेखि कला, संस्कृति तथा परम्परा सिकेको बताउँदै अहिलेका पुस्ताले कुनै पनि परम्परा संरक्षणमा चासो नदिँदा यस्ता संस्कृति र चलन हराउँदै गएको छ ।
पहिलो साउने सङ्क्रान्तिको साँझ कुरिलो, लुतेझार, पानीसरो, काग भलायो, कुकुरडाइनो, रातपातेलगायत औषधीय गुण बोकेका वनस्पतिका र कागती, अमिलो बेलौतीलगायतका फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फाल्ने गरिए पनि अहिले त्यस्तो गर्न छोडिएको छ ।
लुतो फ्याँक्दा नाङ्लो ठटाउने, डम्फू बजाउने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन रहेकोमा पछिल्लो समयमा लुतो फाल्ने चलन निकै कम भएको छ । यसरी तुलो फाल्दा रोगव्याधी नलाग्ने, बालीनाली राम्रो हुने र पशुचौपायालाई राम्रो हुने मान्यता रहेको छ ।
असारमा किसानले बारीमा रुज्दैँभिज्दैँ खेतीपाती गर्ने र त्यस क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोगबाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन तुलो फाल्ने चलन बसेको थियो ।








_copy_2560x1707_752IzbxCLt.jpg)
_copy_2560x1707_GhMPeNJIyJ.jpg)



_copy_2560x1707_lpPjLjUulu.jpg)



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण