कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु
शुक्रबार, ०२ साउन २०८२, ०७ : १२
सारांश
- कैलालीको गौरीगंगा नगरपालिकामा पौडी खेल्ने क्रममा दुई युवकको मृत्यु भएको छ।
- मृत्यु हुनेमा २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामी रहेका छन्।
- प्रहरीका अनुसार, उनीहरूलाई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए र घटनाको थप अनुसन्धान भइरहेको छ।
धनगढी । कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो गौरीगंगा नगरपालिका–११ ऐठास्थित सुर्मा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको रहेका छन्। घरदेखि करिब ७ सय मिटर दक्षिण–पश्चिम रहेको सुर्मा खोलामा पौडी खेल्ने गएका उनीहरू डुबेर बेपत्ता भएका थिए।
इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोली र स्थानीयवासीको सहयोगमा उनीहरूको खोजी गर्दा दुवै जनालाई बेहोस अवस्थामा उद्धार गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण