‘बलिदान’ले सार्वजनिक गर्यो ६० फिट लामो पोस्टर
सारांश
- हालैका दिनहरूमा नेपाली फिल्मको प्रचार शैली परिवर्तन भइरहेको छ।
- फिल्म 'बलिदान' को ६० फिट लामो पोस्टर गोङ्गबुस्थित ल्होत्से मलमा सार्वजनिक गरिएको छ।
- पोस्टरमा अभिनेता समीर भट्ट क्रुद्ध मुद्रामा एक मानव आकृतिमाथि आक्रमण गर्दै देखिएका छन्।
काठमाडौँ । पछिल्लो समय नेपाली फिल्म प्रचार शैली फेरिन थालेका छन् । जसको जल्दो बल्दो उदाहरण फिल्म ‘बलिदान’को पोस्टरलाई हेर्न सकिन्छ । फिल्मले ६० फिट लामो पोस्टर सार्वजनिक गरेको छ ।
निर्माण युनिटले गोङ्गबुस्थित ल्होत्से मलको बाहिरी भागमा यो पोस्टर राख्दै सार्वजनिक गरेको हो । यसअघि फिल्म ‘नरसिंह ः अवतारले’ पनि यस्तै पोस्टर सार्वजनिक गरेको थियो ।
‘बलिदान’को सार्वजनिक पोस्टरमा रगतले लतपतिएका र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक मानव आकृतिमाथि भालाजस्तो देखिने धारिलो अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् । उनको अनुहारमा आक्रोशको भाव झल्किन्छ ।
आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको रापले यो पोस्टरलाई अझ प्रतीकात्मक र सिनेम्याटिक बनाएको छ ।
निर्देशक सन्तोष सेनले ‘बलिदान’ एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात रहेको बताए । फिल्ममा गहिरो कथावस्तु र प्रस्तुतीकरणको निखारले ‘बलिदान’ले फरक पहिचान कायम गर्ने उनको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण