आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : एमालेमा नोकझोक, माधव र वामदेवको अंकमाल

शुक्रबार, ०२ साउन २०८२, २२ : ००
शुक्रबार, ०२ साउन २०८२

सारांश

  • कर्णाली प्रदेशको प्रशासनिक पुनर्संरचनाबारे बहस चलिरहेको छ, जसले मन्त्रालय र कर्मचारी कटौतीको संकेत गर्दछ।
  • शेरबहादुर देउवा १५ औं महाधिवेशनपछि पार्टी नेतृत्वबाट बिदा हुनेछन्, विधान अनुसार उनी फेरि सभापति बन्न पाउने छैनन्।
  • वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा विलय भए, भने रुपन्देही-३ मा उपनिर्वाचन कार्तिकमा हुने भएको छ।

काठमाडौँ । आज मिति २०९२ साल साउन महिनाको २ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

  • कर्णालीको प्रशासनिक पुनर्संरचना बहस

कर्णाली प्रदेशको खर्चिलो र भद्दा प्रशासनिक संरचनालाई चुस्त बनाउने उद्देश्यले गठित ‘उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति’को प्रतिवेदनले अहिले प्रदेशको राजनीतिक र प्रशासन क्षेत्र तरङ्गित छ ।

  • देउवामाथि बढ्दैछ चुनौती

नेपाली कांग्रेसको विधानअनुसार सभापति शेरबहादुर देउवा १५ औँ महाधिवेशनसँगै पार्टी नेतृत्वबाट बिदा हुनेछन् । कांग्रेस विधानको दफा ५७ मा ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति निरन्तर रूपमा दुई पदावधिभन्दा बढी सोही पदमा उम्मेदवार हुन पाउने छैन’ भनिएको छ । दोस्रो कार्यकाल पार्टीको नेतृत्व गरिरहेका देउवा विधानको सोही व्यवस्था अनुसार देउवा १५ औँ महाधिवेशनबाट सभापति बन्न पाउने छैनन् ।

  • उपनिर्वाचन

प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा २०८२ कार्तिक १७ गते उपनिर्वाचन हुने भएपछि दलहरू आवश्यक तयारीमा जुट्न थालेका छन् । यो उपनिर्वाचनलाई पुराना र नयाँ दुवैथरि दलले आफ्नो शक्ति परीक्षणको अवसरका रूपमा लिएका छन् ।

  • एकता घाेषणा समाराेह

पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम चार वर्षपछि नेकपा एकीकृत समाजवादीमा विलय भएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा भएको एकता सभामा गौतम एकीकृत समाजवादीमा विलय भएका हुन् । 

  • एमाले बैठक

प्रस्तावित विधानका केही प्रावधानलाई लिएर नेकपा एमालेका नेताहरूबिच सामाजिक सञ्जालमा मात्रै होइन, पार्टीका आधिकारिक बैठकमै नोकझोंक र घोचपेच भइरहेको छ । बिहीबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच चलेको सवालजवाफको शृङ्खलाले शुक्रबारको पोलिटब्युरो बैठकमा पनि निरन्तरता पायो । 

  • अपराध

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालबाट स्पेन जानेहरूको विवरण पठाउन दिल्लीस्थित स्पेनी दूतावासलाई पत्राचार गरेको छ । असार ३१ मा गठित सीआईबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको छानबिन समितिले पत्राचार गरेको हो ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा ज्योति बहादुर भण्डारी थुनामा छन् । बर्दिया घर भएका ज्योतिलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरेर नेपाल ल्याएको हो । 

  • हतियार खरिद प्रक्रिया

करिब ३ वर्षदेखि अड्किएको हतियार खरिद गर्ने प्रक्रिया प्रहरीले फेरि अघि बढाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा प्रस्तुत गरेको बजेटमा ‘प्रहरीका लागि हतियार तथा सुरक्षा उपकरण खरिद गर्न’ भनेर ९२ करोड विनियोजन गरिएको छ ।

  • भिजिट भिसा प्रकरण 

‘अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२’ ले सरोकारवाला निकायका प्रमुख र प्रतिनिधिसँग आवश्यक कागजात माग र छलफल गरिरहेको छ । सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा बनाएको समितिले सम्बन्धित निकायबाट कागजात झिकाउने र छलफल गर्ने काम गरिरहेको हो । 

  • डिम्बको अवैध व्यापार

भारत लगायतका देशमा २१ वर्ष नाघेका महिलाबाट डिम्ब झिक्ने कानुनी व्यवस्था छ । नेपालमा भने कानुनी बाटो नफुकाइ हचुवाको भरमा आईभीएफ सेन्टर सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयकै एक उच्च अधिकारी सुनाउँछन् ।

  • सरकारले लिएका लक्ष्य

आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत लिएका लक्ष्यहरू अधिकांश पूरा नभएको देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा सुधार भए पनि सरकारले एक वर्षभित्रै हासिल हुने भनेर लिएका लक्ष्य भने पूरा हुन सकेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप