म आन्दोलनको नेता हुँ, आवश्यक परे फेरि होमिन तयार छु : वामदेव गौतम
शुक्रबार, ०२ साउन २०८२, १५ : २५
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले आवश्यक परे फेरि आन्दोलनमा होमिन तयार भएको बताएका छन् ।
शुक्रबार एकीकृत समाजवादीसँगको एकता सभा घोषणमा गौतमले आफू आन्दोलनबाट आएको नेता भएकाले फेरि आन्दोलन गर्न तयार भएको बताएका हुन् ।
‘आवश्यक परे यी हात अहिले पनि हतियारका रूपमा प्रयोग गर्छु । म आन्दोलनको व्यक्ति हुँ । आन्दोलनको नेता हुँ । मैले गरेको आन्दोलन अहिलेसम्म असफल भएको छैन, सफल मात्र भएको छ । हामी नेपाली जनतालाई मालिक बनाएर छाड्ने छौँ’, उनले भने, ‘प्रतिक्रियावादीले अनेकौँ घृणित चाल चालेका छन् । तर केही गर्न सक्दैनन् । तिनीहरूलाई तह लगाउने क्षमता अब हामीसँग हुन्छ । समाजवाद उन्मुख भन्दै जनतालाई ढाँट्नेलाई कि त हामीसँगै हुनेछ कित पछाडि धकेलिने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण